डब्ल्यूपीएलमा युपी वारियर्सको जित, मुम्बईको पहिलो हार

डब्ल्यूपीएलमा युपी वारियर्सको जित, मुम्बईको पहिलो हार

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा युपी वारियर्सले पहिलो जित निकाल्दा मुम्बई इन्डियन्सले पहिलो हार व्यहोरको छ। बुधबार राति भएको खेलमा १६२ रनको लक्ष्य युपीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित निकालेको हो।

मुम्बई इन्डियन्सकी नियमित कप्तान हरमनप्रीत कौर र तीब्र गतिकी बलर शबनम इस्माइल घाइते भएका कारण नखेल्दा त्यसको फाइदा युपीले मज्जाले उठायो। पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो।

युपी वारियर्सकी कप्तान एलिसा हिलीले टस जितेर पहिले बलिङ रोजेकी थिइन्। तर, मुम्बईका ओपनर यास्तिका भाटिया (२६ रन) र हेली म्याथ्युज (५५ रन)ले ५० रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात गराए भने दोस्रो विकेटका लागि पनि हेली म्याथ्युज र कप्तान नेट सिभरबीच बलियो साझेदारी भएको थियो।

ब्रन्ट (१९ रन) सँग ४२ रनको साझेदारी भयो। मध्यक्रममा मेलिया केरले २३ रन, पूजा वस्त्राकारले १८ रन र इज्जी वोङले १५ रनको महत्वपूणर् इनिङ्स खेल्दै टोलीको स्कोर १५० भन्दा माथि पुर्याइन्। युपीका लागि सबै पाँच जना बलरले एक एक विकेट लिए।

१६२ रनको चुनौतीपूणर् लक्ष्य यूपीका ओपनिङ ब्याटरले सानो साबित गरेका थिए। यस प्रतियोगितामा एलिसा हिलीसँगै पहिलो पटक ओपनिङमा आएकी किरण नवगिरेले तुफानी शैलीमा ब्याटिङ गरिन्। दुवै ब्याटरले पहिलो विकेटका लागि ९४ रन जोडे। किरण नवगिरेले ३१ बलमा ६ चौका र ४ छक्का सहित ५७ रन बनाइन् भने एलिसा हिलीले ३३ रनको महत्वपूणर् इनिङ खेलिन्।

पहिलो विकेट गुमेपछि युपीले अर्को विकेट तुरुन्तै गुमायो। ताहिला म्याकग्रा १ रन बनाएर आउट भइन्। तर, ग्रेस ह्यारिस र दीप्ती शर्माले ६५ रन जोडेर वारियर्सलाई प्रतियोगितामा पहिलो जित दिलाए। दिप्ती शर्माले २७ रन र ग्रेस ह्यारिसले ३८ रनको उत्कृष्ट इनिङ खेले। मुम्बईका लागि इज्जी वोङले सर्वाधिक २ विकेट लिइन्।

Logo