सुपर लिग पीएसएलमा इस्लामावादसँग कराची किंग्स ७ विकेटले पराजित

सुपर लिग पीएसएलमा इस्लामावादसँग कराची किंग्स ७ विकेटले पराजित

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। पाकिस्तान सुपर लिग पीएसएलमा इस्लामावाद युनाइटेडले दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा इस्लामावादले कराची किंग्सलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ। कराचीको भने दोस्रो हार हो।

कराचीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो। जवाफमा इस्लामावादले ३ विकेट गुमाएर १८.३ ओभरमा जित निकाल्यो। पहिला ब्याटिङ गर्दा कराचीका लागि किरोन पोलार्डले २८ बलमा ४८ रनको नटआउट पारि खेलेका थिए। यसैगरी इरफान खानले २७ रनको नटआउट पारि खेल्दा कप्तान सान मक्सुद २७ रनमै आउट भए। त्यसैगरी लिउस डुले २४ रन बनाए।

इस्लामावादका इमाद वसिम, नसिम साह, आघा सल्मान र हुनेन साहले एक एक विकेट लिए। १६६ रनको लक्ष्य पछ्याएको इस्लामावादलाई जिताउन ओपनरद्वय कोलिन मुनरो र एलेक्स हेल्सले उत्कृष्ट पारि खेले। मुनरोल ४७ बलमा ८२ रनको शानदार पारि खेल्दा एलेक्सले ३५ बलमा ४७ रनको पारि खेले।

यस्तै, आघा सलमानले १५ बलमा २५ रनको नआउट पारि खेल्दा कप्तान सदाव खानले पनि नटआउट १० रन बनाएर पछि सहजै जित निकाले। कराचीका हसन अलि, तबरेज सम्सी र मोहमद नवाजले एक एक विकेट लिएका थिए। पीएसएल अन्तर्गत आज राति पौने ८ बजे कराँची किंग्स र क्वेटा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुनेछ।

Logo