इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी

इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ। इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ।

बुधबार राति भएको खेलमा इन्टरले एटलान्टलाई ४-० गोल अन्तरले पराजित गरेको हो। इन्टरको जितमा म्याथ्यु डार्मियनले २ गोल गर्दा लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए।

जितसँगै शीर्ष स्थानमा रहेको इन्टर मिलानले तालिकामा २६ खेलबाट ६९ अंक बनाएको छ। पराजित भएको एटलान्टा भने ४६ अंकका साथ पाँचौं स्थानमा छ । यसैगरी नापोलीले सासुलोमाथि ६-१ गोलको पुनरागमन जित निकालेको छ।

सासुलोले सुरुमै गोल गरेपनि त्यसपछि लगातार ६ गोल खान पुगेको थियो। नापोलीका भिक्टर जेम्सले ह्याट्रिक गर्दा केभिचाले २ तथा अमिर रहमेनीले एक गोल थपेका थिए। सासुलोका लागि उरो रेसीले एक गोल गरे। नापोली नवौं तथा सासुलो १८ औं स्थानमा छ।

Logo