नामिबियाविरुद्ध नेदरल्याण्ड्सद्वारा छक्का र चौकाको वर्षा, दियो २४८ रनको लक्ष्य

नामिबियाविरुद्ध नेदरल्याण्ड्सद्वारा छक्का र चौकाको वर्षा, दियो २४८ रनको लक्ष्य

केन्द्रबिन्दु
28
Shares

ओपनर माइकल लेभिटको सानदार शतकमा नेदरल्याण्ड्सले नेपालमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबियाविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन जोडेको हो । नेदरल्याण्ड्सका लागि ओपनर माइकलले १३५ रनको विष्फोटक शतकीय इनिङ खेले । मात्र ६२ बल खेलेका उनले ११ चौका र १० छक्का प्रहार गरे ।

त्यस्तै, साइब्रान्ड एंगलब्रेक्टले पनि उत्कृष्ट अर्धशतकीय पारी खेले । ४० बल खेलेका उनले ७ चौका र ५ छक्काको मदतमा ७५ रन जोडे । १५ रन बनाउँदा पहिलो विकेट गुमाएको नेदरल्याण्ड्सले दोस्रो विकेटको लागि झण्डै दोहारो शतकीय साझेदारी गरेको थियो । २०८ रन जोड्दा ओपनर माइकल आउट भएका थिए । त्यस्तै, ३ बल खलेका तेजाले १८ रन जोडे ।

टी-२० श्रृखलामा नेदरल्यान्ड्स र नामिबिया पहिलो खेल खेलिरहेका हुन्। यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन्। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो। नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियाको सामना गर्ने तालिका छ ।   

Logo