डब्ल्यूपीएलमा दिल्लीको दोस्रो जित

डब्ल्यूपीएलमा दिल्लीको दोस्रो जित

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। वुमन्स प्रिमियिर लिग (डब्ल्यूपीएल)मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २५ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्यको जवाफमा रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो बैंग्लोको पहिलो हार हो।

पहिले ब्याटिङमा आएको दिल्लीको टोलीले राम्रो सुरुवात गरेको थियो। मेग ल्यानिङ ११ रन बनाएर आउट भएपछि शेफाली वर्मा र एलिस क्याप्सीबीच ८२ रनको साझेदारी भएको थियो। एलिस क्याप्सीले ४६ रन बनाइन् भने शेफाली वर्माले ५० रनको उत्कृष्ट पारी खेलिन्।

इनिङ्सको अन्त्यमा मारिज्ने क्यापले ३२ रन र जेस जोन्सनले ३६ रनको अविजित इनिङ खेल्दै टोलीको स्कोर २०० को नजिक पुर्‍याएका थिए। बैंग्लोरका लागि सोफी डेभिन र नादिन डे क्लर्कले २-२ विकेट लिए। १९५ रनको लक्ष्यको जवाफमा आरसीबीले उत्कृष्ट सुरुवात गरेको थियो।

स्मृति मन्धाना र सोफी डेभिनले पहिलो विकेटका लागि ७७ रन जोडे। सोफी डेभिनले २३ रन जोडेपछि मन्धनाले सबिनेनी मेघनासँग ३५ रन जोडिन्। कप्तान स्मृति मन्धानाले ७७ रनको उत्कृष्ट इनिङ्स खेलेकी थिइन्। मन्धानाको विकेट गुमेपछि दिल्लीले खेलमा आफ्नो पकड बलियो बनाएको थियो।

सेविनेनी मेघनाले ३६ रन बनाएर बैंग्लोरको टोली २० ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाउन सफल भयो र खेल २५ रनले पराजित भयो। दिल्लीका लागि जेस जोनसनले सर्वाधिक ३ विकेट लिँदा मार्जिनेन केप र अरुणधती रेड्डीले दुई दुई विकेट लिए।

Logo