नामिबियामाथि नेपालको रोमाञ्चक जित, फाइनल प्रवेशकाे सम्भावना जिवितै

नामिबियामाथि नेपालको रोमाञ्चक जित, फाइनल प्रवेशकाे सम्भावना जिवितै

केन्द्रबिन्दु
126
Shares

त्रिकोणात्मक टि–२० सिरिजको चौथो खेलमा नामिबियामाथी नेपालले रोमाञ्चक जित हात पारेकाे छ ।

टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो ।  जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । 

यस जितसँगै नेपालले २ अंक जोडेको छ । नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ । अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

नामिबियाले कमजोर सुरुवात गरेपनि मध्यक्रममा कप्तान स्मिट र फ्रिलिंकको साझेदारीसँगै खेलमा फर्केको थियो । तर दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले १६ औं र १७ औं ओभरमा दुवैलाई आउट गर्दै कसिलो बलिङ गरेपछि नेपाल खेलमा फर्कियो । अन्त्यमा ग्रीन र ट्रम्पलम्यानले बाउन्ड्री प्रहार गर्दै खेल रोमान्चक मोडमा पुर्याए ।

Logo