एसियाली र्‍याफ्टिङ  च्याम्पियनसिपमा सहभागी हुने टोली शनिबार भारत जाँदै

एसियाली र्‍याफ्टिङ  च्याम्पियनसिपमा सहभागी हुने टोली शनिबार भारत जाँदै

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्‍याफ्टिङ फाउन्डेसनको सहकार्यमा हुने एसियाली र्‍याफ्टिङ  च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्य नेपाली टोली शनिबार भारतको हिमाञ्चल प्रदेश जाने भएका छन् ।

मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछाने सहभागि हुने छन् । वैकल्पिक खेलाडीमा दीपेश पुन मगर रहेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच उनीहरुलाई बिदाइ गरे । सो अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी, सचिव सुनिल अर्याललगायतको उपस्थिति रहेको थियो ।

Logo