एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुने टोली भारत जाँदै

एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुने टोली भारत जाँदै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्‍याफ्टिङ फाउन्डेसनको सहकार्यमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्य नेपाली टोली शनिबार भारतको हिमाञ्चल प्रदेश जाने भएका छन्।

मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछाने सहभागि हुने छन्। वैकल्पिक खेलाडीमा दीपेश पुन मगर रहेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच उनीहरुलाई बिदाइ गरे।

सो अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी, सचिव सुनिल अर्याललगायतको उपस्थिति रहेको थियो ।

Logo