साफ यू-१६ महिला फुटबलः नेपालले आज बंगलादेशसँग खेल्ने

साफ यू-१६ महिला फुटबलः नेपालले आज बंगलादेशसँग खेल्ने

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ। जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे च्यासल मैदान ललितपुरमा ‘सुरु हुनेछ। साफ यू-१६ महिला फुटबलमा नेपालसहित भारत, भुटान र बंगलादेशसहित चार टिमले सहभागिता जनाएका छन्।

घरेलु मैदानमा भइरहेको यस प्रतियोगितामा नेपाललाई राम्रो प्रदर्शन गर्ने दवाब समेत रहेको छ। गत वर्ष यु-१५ महिला साफ जितेको नेपाललाई यसपटक पनि दावेदारको रुपमा हेरिएको छ।

तर भारत र बंगलादेश सहज प्रतिद्वन्दी भने रहने छैनन् । भारतले हिजो उद्घाटन खेलमा भुटान विरुद्ध ७-० को जित निकालिसकेको छ । बंगलादेश पनि उमेर समुहमा सधै राम्रो प्रदर्शन गर्दै आइरहेको छ ।

Logo