नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हार्‍यो, पहिले फिल्डीङ गर्दै

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हार्‍यो, पहिले फिल्डीङ गर्दै

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२० सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन्। नेपालले पहिलो फिल्डीङ गर्नेछ।

नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ। अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन्। आजको खेलमा नेपालले जित हासिल गरे फाइनलमा स्थान बनाउने बलियो सम्भावना हुनेछ। हारको खण्डमा भने भोली हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

Logo