पहिलो ओभरमै नेपालको उत्कृष्ट सुरुवात, करणले लिए दुई विकेट

पहिलो ओभरमै नेपालको उत्कृष्ट सुरुवात, करणले लिए दुई विकेट

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ। कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा नै सफलता मिलेको छ। पहिलो ओभरमा बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् ।

पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए । चौथो बलमा मिकेललाई आउट गरेका करणले अन्तिम बलमा साइब्राण्ड इंगेलब्रेक्टलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

यसअघिको खेलमा नेपाललले नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । यो खेल जितेमा सिरिजको फाइनल प्रवेशका लागि नेपाललाई सहज हुनेछ ।

Logo