नेदरल्यान्ड्सविरुद्ध कुशल मल्लले पनि लिए एकै ओभरमा २ विकेट

नेदरल्यान्ड्सविरुद्ध कुशल मल्लले पनि लिए एकै ओभरमा २ विकेट

केन्द्रबिन्दु
42
Shares

काठमाडाैँ। त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदानमा घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा जारी छ।

नेपालले पहिलो १० ओभरको खेल सकिँदा कसिलो बलिङ गर्दै नेदरल्यान्ड्सलाई रोक्न सफल भएको छ। पहिलो १० ओभरमा नेदरल्यान्ड्स ६ विकेटको क्षतिमा ६० रन जोडेर खेलिरहेको छ ।

१०औं ओभरको पाँचौं बलमा कुशल मल्लले पहिलो विकेट दिलाए । क्रशलाई उनले ३ रनमा आउट गरे । त्यसलगत्तै अर्को बलमा उनले आर्यन दत्तलाई शून्यमा पवेलियज फर्काए । यसअघि प्रतिश जिसी र करण केसीले पनि एकै ओभरमा २/२ विकेट लिए ।

Logo