नेपालकाे उत्कृष्ट बलिङमा नेदरल्यान्ड्स अलआउट, प्रतिशले लिए ३ विकेट

नेपालकाे उत्कृष्ट बलिङमा नेदरल्यान्ड्स अलआउट, प्रतिशले लिए ३ विकेट

केन्द्रबिन्दु
84
Shares

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन जोडेको हो ।

नेपालले उत्कृष्ट सुरुवाती दिलाउने क्रममा पहिलो ओभरमै तीव गतिका बलर करण केसीले दुई विकेट लिए । पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्यान्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए । चौथो बलमा मिकेललाई आउट गरेका करणले अन्तिम बलमा साइब्राण्ड इंगेलब्रेक्टलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए । त्यसपछि नेदरल्यान्ड्सको ब्याटिङ क्रम नै धर्मरायो । म्याक्सओडाउडले ३१ रन जोडे । कप्तान स्कट एडवार्ड्सले १८ रन जोड्दा टिम भानडेर २४ रनमा आउट भए । त्यस्तै, रोइलोफ भानडेर मेर्वे २३ रनमा नटआउट रहे ।

नेपालका अर्का तीव्र गतिका बलर प्रतिश जिसीले ३ विकेट लिए । व्यक्तिगत तेस्रो विकेटको रुपमा उनले १५औं ओभरको तेस्रो बलमा निदामनुरुलाई ५ रनमा आउट गराए । यसअघि एकै ओभरमा २ विकेट लिएका थिए । आठौं ओभरको पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् । एडवार्ड्स १८ रन बनाएर बोल्ड भए।

त्यस्तै, कुशल मल्लले पनि एकै ‌ओभरमा २ विकेट लिए । १०औं ओभरको पाँचौं बलमा कुशल मल्लले पहिलो विकेट दिलाए । क्रशलाई उनले ३ रनमा आउट गरे । त्यसलगत्तै अर्को बलमा उनले आर्यन दत्तलाई शून्यमा पवेलियज फर्काए ।

सो क्रममा दीपेन्द्रसिंह ऐरीले पनि एक विकेट लिए ।

नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो । शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्याण्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो । शृङ्खलामा नेदरल्याण्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको दुई दुई अङ्क छ । रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अङ्क तालिकाको पुछारमा छ ।

Logo