राष्ट्रिय टी-२० क्रिकेटः सुदूरपश्चिम र पुलिस क्लब भिड्दै

राष्ट्रिय टी-२० क्रिकेटः सुदूरपश्चिम र पुलिस क्लब भिड्दै

केन्द्रबिन्दु
28
Shares

विराटनगर। मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने खेलमा सुदूरपश्चित प्रदेश टिम र नेपाल पुलिस क्लब भिड्दैछन्।

खेल बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ। यसअघि हिजो भएको खेलमा लुम्बिनी प्रदेश टिम विजयी बनेको थियो। उसले सुदूरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गरेको थियो।

यसैगरी, दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ३ विकेट पराजित गरेको थियो। प्रतियोगिता अन्तर्गतका खेलहरु लिग कम नकआउटको आधारमा भइरहेको छ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्नेछ। चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टिम सहभागी छन्।

Logo