बाबरको सानदार शतकमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

बाबरको सानदार शतकमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

केन्द्रबिन्दु
140
Shares

बाबर हायतको सानदार शतकमा घरेलु टोली हङकङले मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाललाई बिशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै रन जोडेको हो । बाबरले सानदार शतकीय इनिङ खेले । ४९ बल खेलेका उनले ३ चौका र १३ छक्काको मदतमा ११० रन जोडे । अजाज खान २१ रनमा नटआउट रहे ।

नेपालका लागि डेब्यु गरेका आकाश चन्दले २०औं ओभरमा लगातार २ विकेट लिँदै सर्वाधिक ३ विकेट लिए । उनले २०औं ओभरको पाँचौं र अन्तिम बलमा लगातार विकेट दिलाएका हुन् । उनले बाबर र यसिम मुर्ताजालाई आउट गरे । यसअघि उनले खेलको पाँचौं ओभरमा मार्टिन कोइत्जीको विकेट लिएका थिए । चन्दले मार्टिनलाई ३१ रनमा आउट गरेका हुन्।

साथै आरिफ शेखले तेस्रो ओभरमा कप्तान निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए। राशिद खानको नाममा पनि एक विकेट रह्यो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ ।

Logo