हङकङविरुद्ध कप्तान रोहित र आरिफ पनि आउट

हङकङविरुद्ध कप्तान रोहित र आरिफ पनि आउट

केन्द्रबिन्दु
112
Shares

मैत्रीपूर्ण टी-२० क्रिकेटमा हङकङविरुद्ध नेपालले चाैथाे विकेट गुमाएकाे छ । हङकङले जितका लागि दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले चाैथाे विकेटकाे रुपमा आरिफ शेखलाई गुमाएकाे हाे । १३औं ओभरकाे पहिलाे बलमा उनी ३८ रन बनाउँदै आउट भएका हुन‍् । यसअघि कप्तान रोहितकुमार पौडेल आउट भएका थिए । नेपालले कप्तान रोहितलाई ३० रनमा गुमाएको हो । ११औं ओभरमा उनी क्याचआउट भएका हुन् ।

यसअघि ओपनर विनोद भण्डारीले २२ बलमा ४२ रन बनाएर आउट भए। उनले चार चौका र तीन छक्का प्रहार गरेका छन्। नसरूल्ला रानाले उनलाई आउट गरेका हुन् । ओपनर कुशल भुर्तेल ४ बलमा दुई रन बनाएर आउट भए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै रन जोडेको थियाे । बाबर हायातले सानदार शतकीय इनिङ खेले । ४९ बल खेलेका उनले ३ चौका र १३ छक्काको मदतमा ११० रन जोडे । अजाज खान २१ रनमा नटआउट रहे ।

नेपालका लागि डेब्यु गरेका आकाश चन्दले २०औं ओभरमा लगातार २ विकेट लिँदै सर्वाधिक ३ विकेट लिए । उनले २०औं ओभरको पाँचौं र अन्तिम बलमा लगातार विकेट दिलाएका हुन् । उनले बाबर र यसिम मुर्ताजालाई आउट गरे । यसअघि उनले खेलको पाँचौं ओभरमा मार्टिन कोइत्जीको विकेट लिएका थिए । चन्दले मार्टिनलाई ३१ रनमा आउट गरेका हुन्।

साथै आरिफ शेखले तेस्रो ओभरमा कप्तान निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए। राशिद खानको नाममा पनि एक विकेट रह्यो ।

Logo