हङकङविरुद्ध नेपालको फराकिलो हार, सुध्रिएन ब्याटिङ र बलिङ

हङकङविरुद्ध नेपालको फराकिलो हार, सुध्रिएन ब्याटिङ र बलिङ

केन्द्रबिन्दु
112
Shares

नेपालले मैत्रीपूर्ण टी-२० क्रिकेटमा हङकङविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल हङकङ ७३ रनले पराजित भएको हो । हङकङले जितका लागि दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा अलआउट हुँदै १३९ रनमा समेटिएको हो ।

हङकङविरुद्ध नेपालका खेलाडीले क्रिजमा टिकेर प्रदर्शन गर्न सकेनन् । ओपनर विनोद भण्डारीले २२ बलमा ४२ रन बनाएर आउट भए। उननले चार चौका र तीन छक्का प्रहार गरेका छन्। नसरूल्ला रानाले उनलाई आउट गरेका हुन् । त्यसअघि अर्का ओपनर कुशल भुर्तेल ४ बलमा दुई रन बनाएर आउट भएका थिए । कप्तान रोहितकुमार पौडेल आउट र आरिफ शेख केही महत्वपूर्ण साझेदारी गरे, तर सफल हुन सकेन । ११औं ओभरमा नेपालले कप्तान रोहितलाई ३० रनमा गुमायो । साथै चौथो विकेटको रुपमा आरिफ शेख ३८ रन बनाउँदै आउट भए ।

त्यसपछि फिनिसिङमा नेपाल चुक्यो । चौथो विकेटपछि नेपालका कुनै खेलाडीले दोहोरो रन छुन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न हङकङका अ‍ैजाज खानले ४ तथा इसान खाने ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै रन जोडेको थियाे । बाबर हायातले सानदार शतकीय इनिङ खेले । ४९ बल खेलेका उनले ३ चौका र १३ छक्काको मदतमा ११० रन जोडे । अजाज खान २१ रनमा नटआउट रहे ।

नेपालका लागि डेब्यु गरेका आकाश चन्दले २०औं ओभरमा लगातार २ विकेट लिँदै सर्वाधिक ३ विकेट लिए । उनले २०औं ओभरको पाँचौं र अन्तिम बलमा लगातार विकेट दिलाएका हुन् । उनले बाबर र यसिम मुर्ताजालाई आउट गरे । यसअघि उनले खेलको पाँचौं ओभरमा मार्टिन कोइत्जीको विकेट लिएका थिए । चन्दले मार्टिनलाई ३१ रनमा आउट गरेका हुन्।

साथै आरिफ शेखले तेस्रो ओभरमा कप्तान निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए। राशिद खानको नाममा पनि एक विकेट रह्यो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । यस्तै, नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ ।

Logo