त्रिकोणात्मक टि-२० सिरिजमा आज पिएनजीसँग भिड्दै नेपाल

त्रिकोणात्मक टि-२० सिरिजमा आज पिएनजीसँग भिड्दै नेपाल

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ। यो खेल बिहान ६ बजेर ४५ मिनेट जाँदा हङकङको मोङ कोक मैदानमा सुरु हुँदैछ।

यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्। आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका छन्।

हङकङको मोङ कोक मैदानमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको थियो। खेल रद्द भएसँगै नेपाल र हङकङले एक एक अङ्क बाँडेका हुन्।

यो सिरिज बुधबारसम्म चल्नेछ। नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि हङकङ पुगेर टी-२० सिरिज खेलेको हो।

सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।

Logo