नेपालले पपुवा न्युगिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

नेपालले पपुवा न्युगिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दैछ। पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएकाे हाे।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो। पपुवा न्युगिनीले आज नै यस खेलपछि हङकङकसँग खेल्नेछ। पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ। अभिनाश बोहराको स्थानमा आकाश चन्द खेलेका छन्। अभिनाश बिरामी भएका छन्। टोलीमा अन्य परिवर्तन भने गरेको छैन।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी

बेन्च : राशिद खान, सागर ढकाल र अभिनाश बोहरा।

Logo