इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ। सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यास युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक लिएको हो।

चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर र मिखाइलो मुड्रिचले एक एक गोल गर्दा न्युक्यासलका एलेक्सान्दर इसाक र ज्याकोब मर्फीले एक एक गोल गरेका थिए।

छैटौं मिनेटमा निकोलस ज्याक्सनले कोल पाल्मेरको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, ४३ औं मिनेटमा एलेक्सान्दर इसाकले ब्रुनो गुइमारेसको पासमा गोल गरेपछि न्युक्यासलले पहिलो हाफ बराबरीमा टुंग्याएको थियो।

५७ औं मिनेटमा कोल पाल्मेरले एन्जो फर्नान्डेसको पासमा गोल गर्दै चेल्सीलाई २-१ ले अघि बढाए। यस्तै ७६ औं मिनेट मिखाइल मुड्रिचले गोल गर्दै चेल्सीलाई ३-१ को अग्रता दिलाए।

दोस्रो हाफको अन्तिम समयमा ज्याकोब मर्फीले न्युक्यासलका लागि गोल गर्दै अन्तर ३-२ मा झारेका थिए। त्यसपछि थप गोल नभएपछि अन्ततः चेल्सी ३-२ को नतिजाका साथ जित निकाल्न सफल भयो।

प्रिमियर लिगमा जित निकालेको चेल्सी २७ खेलमा ३९ अंक बनाउँदै तालिकाको ११ औं स्थानमा रहेको छ भने पराजित भएको न्युक्यासल युनाइटेड २८ खेलबाट ४० अंकका साथ दशौं स्थानमा छ। प्रिमियर लिगमा आर्सनल र लिभरपुल समान ६४ अंकका साथ शीर्ष २ मा रहेको छन्।

Logo