त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र पिएनजी भिड्ने

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र पिएनजी भिड्ने

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी)ले हङकङ –चाइनालाई आठ ओभरले पराजित गरेको छ ।

मंगलबार मोगं कोगंमा भएको दोस्रो खेलमा पिएनजीले विना विकेटको क्षतिमा सहजै लक्ष्य भट्टायो । हङकङ –चाइनाविरुद्ध १ सय २२ रनको लक्ष्य पछ्याएको पिएनजीले १२ ओभर ४ बलमै लक्ष्य पूरा गर्यो ।

पिएनजीका लागि ओपनर द्वव टोनी उरा र सोसे बाउले आकर्षक इनिङ खेले । ४३ बलको सामना गरेका बाउले १ छक्का र ६ चौका प्रहार गरी ६१ रनको पारी खेले । यस्तै, ३३ बलको समना गरेका उराले पनि २ छक्का र ५ चौकाको मद्दतमा अविजित ५१ रन बनाए ।

यसअघि मंगलबार बिहान सम्पन्न पहिलो खेलमा नेपालसँग पिएनजी ८५ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा हङकङ चाइनालाई पराजीत गर्दै भोली हुने त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालसँग भेट पिएनजीले पक्का गरेको छ ।

बुधबार सिरिजको फाइनलमा नेपालसँग पिएनजी प्रतिस्पर्धा गर्नेछ ।

Logo