आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। इंग्लिस क्लब आर्सनल युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो।

पहिलो लेगमा १-० गोल अन्तरले विजयी भएको पोर्टोले दोस्रो लेगमा भने आर्सनल १-० ले विजयी भयो। आर्सनलको जितसँगै दुवै टोलीले एक एक गोलेको बराबरी गरेपछि अतिरिक्त ३० मिनेटमा थप गोल नहुँदा अन्तिम आठमा पुग्ने टोलीको छिनोफानो गर्न पेनाल्टीको सहारा लिनु परेको थियो।

निर्धारित समयको ४१ औं मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गरेको एक मात्र गोल नै आर्सनललाई पेनाल्टी सम्म पुग्न पर्याप्त भएको थियो। पेनाल्टी सूटआउटमा आसर्नल ४-२ ले विजयी भयो। आर्सनलका लागि मार्टिन ओडेगार्ड, केइ हार्भाटेज, बकायो साका र डेक्लन राइसले गोल गरेका थिए।

पोर्टोको लागि पेपे अक्युनो र मार्को ग्रुजीले मात्र गोल गर्दा वेन्डेल ब्रोगेस र वेन्डरसन ग्यालेनोको प्रहार खेर गएको थियो। पेनाल्टी सूटआउटमा जित निकालेपछि आर्सनल १४ वर्षपछि अन्तिम आठमा प्रवेश गर्न सफल भयो। आर्सनलले पछिल्लो पटक सन् २००९-१० को सिजनमा क्वाटरफाइनल खेलेको थियो।

Logo