स्टार सिटी गौरीगंगा गोल्डकपको च्याम्पियन

स्टार सिटी गौरीगंगा गोल्डकपको च्याम्पियन

केन्द्रबिन्दु
56
Shares

धनगढी। स्टार सिटी क्लब धनगढीले गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भएको फाइनल खेलमा फारवेष्ट पशुपति युथ क्लबलाई ५-० गोल अन्तरले हराउँदै स्टार सिटी युवा क्बल प्रतियोगिताको च्याम्पियन बनेको हो।

गत संस्करणको उपविजेतता स्टार सिटीले यसपटक उपाधि जित्न सफल भएको हो । उपाधिसहित स्टार सिटीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको फार वेस्टले ३ लाख रुपैयाँमा चित्त बुझाएकाे छ।

फाइनल खेलमा कमल देउवा नायक बनेपछि स्टार सिटीले सहजै उपाधि जितेको हो । फाइनल खेलमा देउवाले मात्रै चार गोल गरे। खेलको आठौं मिनेटमा पहिलो गोल गरेका उनले २० औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पुरा गरेका थिए। कमलले ६२ औं मिनेटमा ब्यक्तिगत चौथो गोल पुरा गरेका थिए। खेलको ७९ औं मिनेटमा भुपेन्द्र शाहीले गोल गर्दै स्टार सिटीलाई सहज जित दिलाए।

Logo