विराट गोल्डकप फुटबल चैत १५ देखि सञ्चालन हुने

विराट गोल्डकप फुटबल चैत १५ देखि सञ्चालन हुने

केन्द्रबिन्दु
70
Shares

विराटनगर। पूर्वको प्रतिष्ठित मध्येको विराट गोल्डकपको आठौँ संस्करण आगामी चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता विराटनगरस्थित सहिद रंगशालामा १० दिनसम्म प्रतियोगिता हुने ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए।

फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने प्रतियोगितामा सहभागी हुने टिमको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ। प्रतियोगितामा १० वटा क्लबको सहभागिता हुने सम्भावना रहेको जनाइएको छ।

तीनवटा विभागीय टिमहरु त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ),ए डिभिजनका क्लबहरु साथै भारत र भुटानको टोली सहभागी हुने सम्भावना छ। प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको ‘महेन्द्र गोल्डकप’ २०६२-०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ।

प्रतियोगिताको गत वर्षको संस्करणमा विराटनगर फुटबल क्लब विजेता बनेको थियो। भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो।

Logo