रोनाल्डोको पेनाल्टी गोलमा अल नासार विजयी

रोनाल्डोको पेनाल्टी गोलमा अल नासार विजयी

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ। साउदी प्रो- लिगमा अल नासारले अल अहलीलाई पराजित गरेको छ। किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटीमा शुक्रबार सम्पन्न खेलमा नासारले अहलीलाई पराजित गरेको हो।

नासारको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६८औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए। दोस्रो स्थानमा रहेको नासारले जितसँगै २४ खेलमा ५६ अंक बनाएको छ। समान खेलबाट अहलीको ४७ अंक छ।

Logo