राष्ट्रिय टी-२० क्रिकेट फाइनलः आर्मी र कर्णाली प्रदेशबीच उपाधि प्रतिस्पर्धा

राष्ट्रिय टी-२० क्रिकेट फाइनलः आर्मी र कर्णाली प्रदेशबीच उपाधि प्रतिस्पर्धा

केन्द्रबिन्दु
56
Shares

विराटनगर। मोरङ क्रिकेट संघको आयोजनामा भइरहेको कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रंगशालामा मध्यान्ह्र सवा १२ बजेबाट सुरु हुने खेलमा उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्दैछन्।

आर्मी पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छाउँदै फाइनलमा पुगेको हो। आर्मीले यस सिजनमा पिएम कप र केपी ओली कप गरी २ पटक फाइनल खेलिसकेको छ। आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेश प्रदेशसँग फाइनलमा पराजित भएको थियो।

यसैगरी, अन्तिम सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णाली प्रदेशले फाइनलमा स्थान पक्का गरेको हो। चैत २२ गते सुरु भएको प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागिता जनाएका छन्। बिहान १० बजे र दिउँसो २ बजे गरी दैनिक दुईवटा खेल सञ्चालन गरिएको थियो।

प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्ने आयोजक मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।

Logo