एफए कप फुटबलमा म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश

एफए कप फुटबलमा म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो।

सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे। सिल्भाले १३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। उनैले रुबेन डियासको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल ३१ औं मिनेटमा थपे। त्यसपछि दुवै टिमबाट गोल नभएपछि सिटी घरेलु मैदानमा २-० को सहज जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।

यसैगरी एफए कपकै अर्को क्वाटरफाइनलमा कोभेन्ट्री सिटीले ३-२ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको छ। कोभेन्ट्रीले वुल्भ्सलाई पराजित गरेको हो।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए। कोभेन्ट्रीका लागि इलियस सिमसले २ गोल गर्दा हाजी राइटले एक गोल थपेका थिए।

वुल्भ्सका लागि रियान नुरी र ह्युगो बुएनोले एक-एक गोल गरे। खेलको ५३ औं मिनेटमा इलियसले गोल गर्दै कोभेन्ट्री सिटीलाई अग्रता दिलाएका थिए। तर, ८३ औं मिनेटमा रियान र ८८ औं मिनेटमा ह्युगोले गोल गरेपछि वुल्भ्सले २-१ को अग्रता लिएको थियो। दोस्रो हाफको इन्ज्योरी समयको सातौं मिनेटमा इलियसले हेडरमार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए।

त्यसको तीन मिनेटपछि हाजीले राइटफुटेड सर्ट प्रहार गर्दै गोल गरेपछि कोभेन्ट्री ३–२ को जितका साथ एफएकपको सेमिफाइनलमा पुग्न सफल भयो। एफए कप अन्तर्गत आज चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल सेमिफाइनल प्रवेशका लागि आमने सामने हुँदैछन्। चेल्सी र लेस्टरको खेल साढे ६ बजे हुने छ भने म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल सवा ९ बजे सुरु हुनेछ।

Logo