करण केसीले पहिलो ओभरमै दिलाए आयरल्यान्ड ‘ए’विरुद्ध विकेट

करण केसीले पहिलो ओभरमै दिलाए आयरल्यान्ड ‘ए’विरुद्ध विकेट

केन्द्रबिन्दु
70
Shares

घरेलु टोली नेपाललाई टी-२० आई सिरिजमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो ओभरमै सफलता मिलेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्ड ‘ए’ले पहिलो ओभरको दोस्रो बलमै ओपनर मार्क अदैरलाई गुमाएको हो । करण केसीले उनलाई ४ रनमा पवेलियन फर्काएका हुन् ।

आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।

नेपाली टाेलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा छन् ।

Logo