आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालको एकै ओभरमा २ विकेट पतन, रोहित शून्यमै फर्किए

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालको एकै ओभरमा २ विकेट पतन, रोहित शून्यमै फर्किए

केन्द्रबिन्दु
84
Shares

घरेलु टोली नेपाललाई ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध एकै ओभरमा दुई झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा आयरल्यान्ड वुल्भ्सले जितका लागि दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले चौथो ओभरमा कप्तान रोहितकुमार पौडेल र ओपनर आशिफ शेख आउट भएका हुन् । दोस्रो बलमा आशिफ १६ रन बनाएर आउट हुँदा रोहित शून्यमै आउट भए । उनीहरु दुवैको विकेट डेलानीले लिएका हुन् ।

साथै त्यसपछि आएका गुलसन झा पनि ४ रन बनाएर आउट भएका छन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनाएकाे थियाे । आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६/१६ रन जोडे ।

म्याथ्युले १३ बलमा एक छक्का प्रहार गर्दै १६ रन जोडे भने लियामले सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १६ रन बनाए । फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक/एक विकेट लिए ।

Logo