आयरल्यान्ड वुल्भ्सविरुद्ध आशिफ शेख आउट

आयरल्यान्ड वुल्भ्सविरुद्ध आशिफ शेख आउट

केन्द्रबिन्दु
112
Shares

घरेलु टोली नेपाललाई आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो टी-२० क्रिकेटमा पहिलो झड्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले ओपनर आशिफ शेखलाई ११ रन बनाउँदा गुमाएको हो । तेस्रो ओभरको पाँचौं बलमा उनलाई फोस्टरले आउट गराएका हुन् । हाल नेपालले पहिलो विकेटको क्षतिमा ३५ रन जोडेको छ ।

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई छ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाली टोलीमा दुई खेलाडीलाई परिवर्तन भएका छन् । विवेक यादव र अनिल शाह टोलीमा समावेश हुँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेञ्चमा छन् ।

Logo