अर्धशतकबाट चुके गुलसन झा

अर्धशतकबाट चुके गुलसन झा

केन्द्रबिन्दु
42
Shares

नेपालका अलराउण्डर गुलसन झाले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्याण्ड वुल्भ्सविरुद्ध आज दोस्रो तथा अन्तिम खेलमा अर्धशतकबाट चुकेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले चौथो विकेटको रुपमा गुलसनलाई गुमाएको हो । १४औं ओभरको पाँचौं बलमा उनी ४६ रन बनाएर आउट भएका हुन् । ३२ बल खेलेका ४ छक्का प्रहार गरे । हाल ४ विकेटको क्षतिमा नेपालले १३१ रन जोडेको छ ।

यसअघि नेपालले तेस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका अनिल ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पवेलियन फर्किए । साथै दोस्रो विकेटको रुपमा ओपनर कुशल भुर्तेल आउट भए । १५ बल खेलेका उनी २५ रन बनाएर क्याच आउट हुन पुगे । उनले २ चौका र २ छक्का प्रहार गरेका थिए । अर्का ओपनर आशिफ शेखलाई ११ रन बनाउँदा आउट भए ।

Logo