आयरल्याण्ड एले दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपाल एलाई विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड एले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन जोडेको हो । कप्तान नेल रक र पिटर मूरको विष्फोटक ब्याटिङमा विशाल लक्ष्य दिन सफल भयो । ३४ बल खेलेका कप्तान रकले ७ छक्काको मदतमा ७१ रन जोडे । उनी नटआउट रहे । त्यस्तै, पिटरले २६ बल खेल्दै ७ छक्का र ३ चौकाको मदतमा ६५ रन जोडे ।
जेम्स म्याकुलमले २६ रन, रस आदिरले १७ रन र स्टिफन डोहेनीले ४ रन जोडे ।
बलिङमा सागर ढकालले ३ विकेट लिँदा कमल सिंह ऐरी र पवन सर्वाफले एकएक विकेट लिए ।
तीन खेलको सिरिजमा पहिलो खेलमा आयरल्याण्डले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो । सिरिज जोगाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
प्रतिक्रिया