इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र ब्रेन्टफोर्डले अंक बाँडे

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र ब्रेन्टफोर्डले अंक बाँडे

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले एक एक अंक लिएका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले इन्ज्योरी समयमा एक एक गोल गर्दै अंक बाँडेका हुन् । गोलरहित बराबरीतर्फ उन्मुख खेलमा म्यानचेस्टर युनाइटेडले इन्ज्योरी समयको छैटौं मिनेटमा अग्रता लिएको थियो ।

युनाइटेडमा मेसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कासमिरोको पासमा गोल गरेका थिए । १ गोलले पछि परेको ३ मिनेटपछि नै ब्रेन्टफोर्डले पनि बराबरी गर्न सफल भयो । क्रिष्टोफोर अजेरले इभान टोनीको पासमा गोल गर्दै अन्ततः खेल एक एकको बराबरीमा टुंग्याउन योगदान गरे । बराबरीपछि दुवै टिमले तालिकामा एक एक अंक थपेका छन् ।

म्यानचेस्टर युनाइटेड ४८ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २७ अंकका साथ तालिकाको १५ औं स्थानमा छ ।

Logo