नेपालले आज गुजरातसँग मैत्रिपूर्ण खेल खेल्दै

नेपालले आज गुजरातसँग मैत्रिपूर्ण खेल खेल्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौ‌।  भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको पहिलो खेल आज खेल्दै छ ।

आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदै छ । भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो । भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जादै छ । 

Logo