गुजरातविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

गुजरातविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

केन्द्रबिन्दु
84
Shares

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी–२० सिरिजमा स्टेट टीम गुजरातविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निणर्य लिएका हुन् । अब गुजरात ब्याटिङमा उत्रनेछ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ । भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जादै छ ।

Logo