गुजरातले नेपाललाई दियाे ९९ रनकाे लक्ष्य

गुजरातले नेपाललाई दियाे ९९ रनकाे लक्ष्य

केन्द्रबिन्दु
112
Shares

भारतको स्टेट टीम गुजरातले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाली राष्ट्रिय टोलीलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमा समेटिएको हो । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाउँदा हेमांग पटेलले २० रन, अभिषेक देसाईले ११ रन र समित पटेलले १० रन जोडे ।

पालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले पनि एक विकेट लिए ।

Logo