रोड्रीगोको दुई गोल मद्दतमा रियल म्याड्रिडको सहज जित

रोड्रीगोको दुई गोल मद्दतमा रियल म्याड्रिडको सहज जित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले एथलेटिक क्लबलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा रोड्रीगोले दुवै गोल गरेका थिए । उनले खेलको आठौँ र ७३औं मिनेटमा गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको ३० खेलमा ७५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा स्पष्ट ८ अंकले अगाडी रहेको छ ।

त्यसैगरी एथलेटिक क्लबको भने २० खेलमा ५६ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
 

Logo