यूएस ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा एरिकाले जितिन १ स्वर्ण र १ रजत

यूएस ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा एरिकाले जितिन १ स्वर्ण र १ रजत

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । यूएस ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा एरिकाले गुरुङले १ स्वर्ण र १ रजत जितेकी छन् ।

गएराति भएको खेलमा क्यानडाकी खेलाडीलाई हराउँदै एरिकाले यू–२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा ९–० ले पराजित गरिन् ।

एरिकाले सिनियर इलिटको ६८ केजीमाथीतर्फ रजत पदक जितेकी छन् । उनले फाइनलमा अमेरिकी खेलाडीसँग ३–२ ले पराजित हुँदा रजत पदक हात पारेकी हुन् ।

Logo