आरिफकाे विष्फाेटक ब्याटिङमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’लाई दियाे २१४ रनकाे लक्ष्य

आरिफकाे विष्फाेटक ब्याटिङमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’लाई दियाे २१४ रनकाे लक्ष्य

केन्द्रबिन्दु
56
Shares

नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम टी-२० खेलमा भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’लाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान गरे । ४८ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे ।

नवौँ नम्बरमा ब्याटिङमा लागि मैदान आएका कमलसिंह ऐरीले अविजित सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । यसबाहेक, पवन सर्राफले १३, राशिद खानले २४, र कप्तान विनोद भण्डारीले ११ रन जोडेका थिए ।

आयरल्यान्डका फियोन ह्यान्डले सर्वाधिक दुई विकेट दिँदा गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक/एक विकेट लिए । यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको आयरल्यान्डले शृंखलाको उपाधि जितिसकेको छ ।

Logo