आयरल्यान्ड ‘ए’माथि नेपाल ‘ए’को रोमाञ्चक जित

आयरल्यान्ड ‘ए’माथि नेपाल ‘ए’को रोमाञ्चक जित

केन्द्रबिन्दु
112
Shares

नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम टी-२० खेलमा भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’माथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ३ रनले विजयी भएको हो । नेपालले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रनमा समेटिएको हो । जितका लागि अन्तिम बलमा ५ रन चाहिएको थियो तर, उसले एक रन मात्रै जोड्न सक्यो । यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको आयरल्यान्डले शृंखलाको उपाधि जितिसकेको छ ।

आयरल्याण्ड ‘ए’ का लागि ग्यारेथ डेलानी र मोर्गन टपिङले सानदार अर्धशतकीय पारी खेले। तर, जिताउन सकेनन् । ग्यारेथले ३७ बलमा ६८ रन बनाए भने मोर्गनले भने ३७ बलमा ६० रनको योगदान गरे । फियोन हेडले ७ बलमा २२ रन जोडे । राेस अदैरले ३१ रन जाेडे ।

नेपालका लागि विपिन खत्रीले ३ विकेट लिए भने कमल सिंह ऐरी, राशिद खान र नारायण जोशीले भने १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान गरे । ४८ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे ।

नवौँ नम्बरमा ब्याटिङमा लागि मैदान आएका कमलसिंह ऐरीले अविजित सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । यसबाहेक, पवन सर्राफले १३, राशिद खानले २४, र कप्तान विनोद भण्डारीले ११ रन जोडेका थिए ।

आयरल्यान्डका फियोन ह्यान्डले सर्वाधिक दुई विकेट दिँदा गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक/एक विकेट लिए ।

Logo