नेपाल ‘ए’ टिमले पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’सँग हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’सँग २१ रनले पराजित भएको हो ।
आयरल्याण्ड ‘ए’ले जितका लागि दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल १३६ रनमै समेटिएको हो । नेपालका लागि शाहव आलमले ३७ रनको सर्वाधिक इनिङ खेले पनि नेपालको जितका लागि पर्याप्त भएन । उनी आउट भएपछि नेपाल हारतिर मोडियो । खराव सुरुवात गरेको नेपालका लागि भरपर्दा अनुभवी व्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएपछि नेपालले समान्य लक्ष्य पनि भेट्न नसकेको हो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ३८.३ ओभरमा नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिँदा १५७ रनमै समेटिएको थियाे । ऐरीले ३९औं ओभरको पहिलो बलमा लायम एमसीकार्थीलाई १ रन तथा दोस्रोमा म्याथु हम्फ्रेस र तेस्रोमा बेन ह्वाइटलाई शून्यमै आउट गराएका हुन् ।
सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो । आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए ।
कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए । त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२/१२ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन् ।
बलिङमा नेपालका लागि कमलसिंह ऐरीले ४ विकेट लिँदा मौसम ढकाल र साहव आलमले २/२ विकेट लिए । रिजन ढकालले एक विकेट लिए ।
यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले २–१ खेलले प्रतियोगितामा कब्जा जमाएको थियो ।
प्रतिक्रिया