गुजरातमाथि पञ्जाब किंग्सको जित

गुजरातमाथि पञ्जाब किंग्सको जित

केन्द्रबिन्दु
182
Shares

पञ्जाब किंग्सले इंडियन प्रिमियर लिग (आईपिएल)मा रोमाञ्चक जित निकालेको छ । बिहीवार राति भएको खेलमा पञ्जाबले गुजरात टाईटन्समाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । पञ्जाबको जितमा शशाङ्क सिंहले ६१ रनको विष्फोटक अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा ६ चौका र ४ चौका प्रहार गरे ।

साथै आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्कासहित ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए ।

गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १–१ विकेट लिएका थिए ।

त्यसअघि गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई पर्याप्त हुन सकेन । साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १–१ विकेट लिए ।

आइपीएलको यो सिजनमा ४/४ खेल खेलेका गुजरात र पञ्जाबले समान २ जित र २ हार बटुलेका छन् ।

अंक तालिकामा पञ्जाब पाँचौँ र गुजरात छैटौँ स्थानमा रहेका छन् ।

Logo