आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले टस जित्यो

आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले टस जित्यो

केन्द्रबिन्दु
28
Shares

नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर फिल्डिङ राजेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । अब आयरल्यान्ड ‘ए’ ब्याटिङमा उत्रनेछ ।

यसअघि बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले पराजित गर्यो । बुधबार खराब प्रर्दशन गरेको नेपाल एलाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ ।

शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ।

नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्सल पराजित भएको थियो । तर, नेपाल ‘ए’सँग तीन टी–२० सिरिज हुँदा आयरल्यान्डले २–१ ले जितेको थियो ।

Logo