नेपाल ‘ए’लाई पहिलो ओभरमै विकेट

नेपाल ‘ए’लाई पहिलो ओभरमै विकेट

केन्द्रबिन्दु
56
Shares

नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’विरुद्ध पहिलो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर जेम्स एमसीकोलुमको विकेट लिएको हो । ४ बल खेलेका उनी शून्यमै रनआउट भएका हुन् । कमलसिंह ऐरीको बलिङमा साहव आलमले रनआउट गरेका हुन् ।

हाल आयरल्यान्ड ‘ए’ले एक विकेटको क्षतिमा एक रनमात्रै जोडेको छ ।

शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो । यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो ।

Logo