आयरल्यान्ड ‘ए’विरुद्ध आलमले दिलाए दोस्रो विकेट

आयरल्यान्ड ‘ए’विरुद्ध आलमले दिलाए दोस्रो विकेट

केन्द्रबिन्दु
28
Shares

नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’विरुद्ध दोस्रो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि साहव आलमले ओपनर स्टेफेन डोहेनीलाई २ रनमै आउट गरेका हुन् । पाँचौं ओभरको दोस्रो बलमा उनले विकेट लिएका हुन् ।

हाल आयरल्यान्ड ‘ए’ले २ विकेटको क्षतिमा २१ रन मात्रै जोडेको छ । यसअघि पहिलो ओभरको पाँचौं बलमा अर्का ओपनर जेम्स एमसीकोलुम शून्यमै आउट भएका थिए । कमलसिंह ऐरीको बलिङमा आलमले नै रनआउट गरेका थिए ।

शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो । यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो ।

Logo