नेपाल ‘ए’सामु आयरल्याण्डको १ सय ७५ रनको लक्ष्य प्रस्तुत

नेपाल ‘ए’सामु आयरल्याण्डको १ सय ७५ रनको लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सले नेपाललाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको पाएको उल्भ्सले निर्धारित ओभरको खेल सकिँदा ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनमा समेटिएको छ ।

नेपालका लागि शाहब आलम र रिजन ढकालले समान तीन तीन विकेट लिए । तीन विकेटका लागि १० ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै ३५ रन खर्चिए । ८ ओभर बलिङ गरेका रिजन ढकालले ३० रन खर्चेर ३ विकेट आफ्नो नाम गराए । यस्तै, मौसम ढकालले दुई विकेट लिदा कमलसिंह ऐरीले १ विकेट लिए ।

वुल्भ्सका गाभिन होइको अर्धशतकीय पारि खेले । होइले ९४ रनमा ७ विकेट गुमाएको को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै खेललाई लयमा फर्काए । वुल्भ्सका लागि माकार्थीले ३५ कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन जोडे ।

Logo