साउदी लिगमा अल हिलाल अपराजित

साउदी लिगमा अल हिलाल अपराजित

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। साउदी प्रो लिगअन्तर्गत अल हिलालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले एक एक गोल गरेका थिए । त्यस्तै अल खालीजका लागि मोहमद शेरिफले एक गोल गरेका थिए । यो जितपछि अल हिलालको २७ खेलमा २५ जित र २ बराबरीसहित अपराजित रहदै ७७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ ।

त्यसैगरी दोस्रो स्थानमा रहेको अल नासर २७ खेलमा ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै अल खालीज भने २७ खेलमा ३४ अंकसहित नवौं स्थानमा रहेको छ ।
 

Logo