एकदिवसीय सिरिजः नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीच आज अन्तिम खेल हुँदै

एकदिवसीय सिरिजः नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीच आज अन्तिम खेल हुँदै

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुँदैछ ।

यस सिरिजमा नेपाल ‘ए’ ले सुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ । नेपाल ‘ए’ ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ । नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले र दोस्रो खेल ११४ रनले हार बेहोरेको थियो ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिम: विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।  
  

Logo