बायर लिभरकुसन बुण्डेसलिगाकाे उपाधि जित नजिक, बायर्नको अर्को हार

बायर लिभरकुसन बुण्डेसलिगाकाे उपाधि जित नजिक, बायर्नको अर्को हार

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। जर्मनी बुण्डेसलिगाअन्तर्गत बायर लिभरकुसनले अपराजित यात्रा कायम राखेको छ भने बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा लिभरकुसनले युनियन बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरकुसनको जितमा फ्लोरियन विर्त्जले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ४५औं मिनेटमा युनियन बर्लिनका रोबिन गोसेन्सले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो ।

त्यसैगरी अर्को खेलमा बायर्न म्युनिख हेइडेनहेइमसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

यस खेलमा जितपछि लिभरकुसन यस सिजनको लिगको उपाधि जितको नजिक रहेको छ । यस सिजनमा अपराजित रहेको लिभरकुसनको लिगमा २८ खेलमा ७६ अंक भएको छ र दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा १६ अंकले अगाडी रहेको छ । बायर्न म्युनिखको २८ खेलमा ६० अंक रहेको छ ।

३४ खेल हुने बुण्डेसलिगामा अब ६ खेल हुन बाँकी रहेको छ । अब लिभरकुसनले एक खेल जितेमा यस सिजनको उपाधि जित्ने छ । त्यस्तै लिभरकुसनले अर्को खेल अप्रिल १४ मा वेर्डेरविरुद्ध खेल्ने तालिका रहेको छ ।
 

Logo