बराबरीमा रोकियो मेस्सीको मियामी

बराबरीमा रोकियो मेस्सीको मियामी

केन्द्रबिन्दु
70
Shares

मियामी । लियोनेल मेस्सीले गोल गरे पनि इन्टर मियामी मेजर लिग सकरमा कोलोराडोसँग बराबरीमा राेकिएकाे छ ।

खेलमा राफायल नाभारोको पेनाल्टीको मद्दतले पहिलो हाफको अन्त्यतिर कोलोराडोले अग्रता लिएको थियो । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका मेस्सीले केही मिनेटमा नै बराबरी गोल फर्काएका थिए ।

गत मार्च १३ मा नासभिलविरुद्ध कोनकाफ च्याम्पियन्स कपको खेलमा घाइते भएपछि मेस्सी मैदान बाहिर नै रहेका थिए । उनले त्यसयता मियामीको चार र अर्जेन्टिनाका दुई खेल गुमाएका थिए ।

शनिबार खेलमा फर्किएपछि मेस्सीलाई गोल गर्न धेरै समय नै लागेन । ५८ औँ मिनेटमा उनले बराबरी गोल गरे । जारी सिजन मेस्सीले लिगमा ४ गोल गरेका छन् । तर, ८८ औँ मिनेटमा कोल बासेटले कोलोराडोका लागि गोल गरेपछि खेल बराबरीमा टुङ्गियो । बराबरीपछि इस्टर्न कन्फरेन्सको अङ्क तालिकामा मियामी तेस्रो स्थानमा रहेको छ । ८ खेलपछि टोलीको १२ अङ्क छ । शीर्ष स्थानमा ७ खेलबाट १४ अङ्क बटुलेको न्युयोर्क रेड बुल्स रहेको छ । ६ खेलबाट १२ अङ्कसहित फिलाडेल्फिया दोस्रो स्थानमा छ ।

Logo